१५ लाख घुससहित पक्राउ परेका वडाअध्यक्ष बादेविरुद्ध मुद्दा

अख्तियार दुरुपयोग अनुसन्धान आयोग

काठमाडौँ – घरबाटो सिफारिस गर्दा सेवाग्राहीसँग घुस लिइरहेको अवस्थामा पक्राउ परेको वडाअध्यक्षविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको छ।

आयोगले शुक्रबार विशेष अदालत काठमाडौँमा काभ्रेको बनेपा नगरपालिका – ९ का वडा अध्यक्ष नृपेश बादेविरुद्ध मुद्दा दायर गरेको हो।

बादेले १५ दाख घुस लिइरहेको अवस्थामा आयोगको टोलीले यही माघ ३ गते नियन्त्रणमा लिएको थियो। उनीविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ अन्तर्गतको कसुर गरेको दाबी गरिएको छ।

माघ २६, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्