अख्तियारमा भन्दा अदालतमा फरक बकपत्र गर्नेविरुद्ध मुद्दा

काठमाडौँ – आफूसँग गरेको कागजभन्दा उल्टो हुने गरी बकपत्र गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एक व्यक्ति विरुद्ध मुद्दा दायर गरेको छ।

घुस रिसव मुद्दामा सरकारी साक्षीका रुपमा पेश गरिएका परिवर्तित नाम १(२०८०) ले अदालतमा प्रतिवादीलाई फाइदा पुग्ने गरी बकपत्र गरेको भन्दै शुक्रबार मुद्दा दायर गरेको हो।

आयोगका प्रवक्ता नरहरि घिमिरेका अनुसार आयोगले रंगेता पक्राउ परेका ईलाका प्रहरी कार्यालय मिर्चैया, सिराहाका प्रहरी सहायक निरीक्षक सचिन कुमार भदैसवारविरुद्ध दाय गरेको मुद्दामा १(२०८०)लाई सरकारी साक्षीका रुपमा प्रस्तुत गरेको थियो।

उनलाई घुस बापत नौ हजारलाई नै बिगो कामय गरेको छ।

माघ २६, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्