लेनदेन विवादमा पोलमा बाँधेर कुटपिट, एकजना पक्राउ

सांकेतिक तस्बिर।

जनकपुरधाम – महोत्तरी प्रहरीले पुरानो लेनदेन विवादमा पोलमा बाँधेर कुटपिट गरेको आरोपमा एकजनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा महोत्तरीको पिपरा गाउँपालिका–६ बस्ने रामकुमार शर्मा रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ।

महोत्तरीका निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक महेन्द्र खडकाका अनुसार मंगलबार दिउँसो शर्माले धनुषाको धनुषाधाम नगरपालिका–५ उमा प्रेमपुर बस्ने ४२ वर्षीय नरेश मण्डललाई पुरानो लेनदेनको कारण आफ्नै घरको सिमेन्टको पोलमा बाँधि अमानवीय व्यवहार गरेका थिए।

शर्मालाई बुधबार पक्राउ गरी जिल्ला अदालत महोत्तरीबाट ७ दिनको म्याद लिई थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ।

माघ २६, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्