‘हल्ट प्राइज यट याल.ए.सी.एम २०२४’ सम्पन्न: कागजी दुनियाँ टिम प्रथम

काठमाडौँ – आफ्नो बिजनेस विचार सेयर गर्ने कार्यक्रम ‘हल्ट प्राइज यट याल.ए.सी.एम २०२४’ सम्पन्न भएको छ।

लिटिल एन्जलस कलेज अफ म्यानेजमेन्टले विगत २ वर्षदेखि सुरु गरेको यो तेस्रो संस्करण हो। यो सिजनमा ९ टिम रहेको थियो भने ३ जनाले विजेता हासिल गरेका छन्। प्रथम हुनेमा कागजी दुनियाँ ग्रुप रहेको छ। यसमा ५ जनाको समूह थियो। 

इच्छा चन्द, अदिति भण्डारी, प्रयास भट्टराई, रिदया दवाडी र आशुतोष पोखरेल रहेका थिए। दोस्रो हुनेमा स्टोरोमा ग्रुपतेस्राे हुनेमा टटल्स रहेका छन्।

यो कार्यक्रम हल्ट बिजनेस स्कूल अमेरिकाद्वारा सञ्चालित हो। कार्यक्रम विद्यार्थीहरूले ४ मिनेटभित्र आफ्नो बिजनेस विचार सेयर गरिसक्न पर्ने नियम रहेकाे थियो।

शिर्षककाे नाम अनलिमिटेड रहेको थियो। यसले गर्दा आफूले मन लागेको विचार सेयर गर्न सहज हुने थियो।

विगतका वर्षहरुमा दिइएको शीर्षकअनुसार बिजनेस आइडिया बनाउन पर्ने थियो भने यसपटक नदिएर सजिलो भएको र खुला रुपमा भन्न पाएको सहयोगकर्ता प्रमुख संगम घिमिरेले बताए।

नयाँ विद्यार्थीलाई हल्ट भनेको बुझाउने र उनीहरूको विचारलाई राम्रो बनाउन विगत ३ महिनादेखि सेमिनार दिने गरेको उनले बताए। विजेताले प्रोत्साहनस्वरुप ४ हजार पाउने छन् भने नेपाल रिजनल जीते पछि एसिया रिजनलमा जानको लागी कलेजले व्यवस्था गर्ने घिमिरेले बताए।

लिटिल एन्जलस कलेजबाट विजेता भएकाले नेपाल भरिकासँग प्रतिष्पर्धा गर्ने र नेपालबाट विजेता भएकाले एसिया महादेश हुँदै विश्व प्रतिष्पर्धामा जानेछन्। अघिल्लो वर्ष लिटिल एन्जलस कलेजको टिम नेपालबाट छानिएर भारतमा प्रतिष्पर्धाका लागी गएको थियो।

माघ २६, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्