एनसेल शेयर बिक्रीसम्बन्धी प्रतिवेदन कार्ययोजना बनाएर कार्यान्वयन गरिने

रेखा शर्मा। फाइल तस्बिर।

काठमाडौँ – सरकारले एनसेलको शेयर खरिदबिक्री सम्बन्धी छानबिन समितिको प्रतिवेदन कार्ययोजना बनाएर कार्यान्वयन गर्ने भएको छ।

पूर्वमहालेखा परिक्षक टंकमणि शर्मा नेतृत्वको छानबिन समितिले तयार पारेको प्रतिवेदन कार्ययोजना बनाएर कार्यान्वय गर्ने भएको हो। शुक्रबार सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले संसदको शिक्षा तथा प्रविधि समितिमा उक्त जानकारी दिएकी हुन्।

उनले सार्वजनिक गर्ने निर्णय नभएको समितिलाई बताइन्।

मन्त्री शर्माले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आइटी क्षेत्रमा भ्रष्टाचार भइरहेको भन्दै सचेत हुन मन्त्रालयलाई पठाएको पत्रप्रति सजग रहेको उल्लेख गरिन्। शर्माले आयोगको ध्यानाकर्षणलाई सरकारले गम्भीरता पूर्वक लिएको जानकारी दिइन्।

माघ २६, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्