स्वास्थ्य शाखाद्वारा आयोडिनयुक्त नुनको सहयोग

सिमकोट – दक्षिणी क्षेत्रको ताँजाकोट गाउँपालिकाका स्वास्थ्य शाखाले स्थानीय सेवाग्राहीलाई आयोडिनयुक्त नुन निःशुल्क रुपमा प्रदान गरेको छ।
आयोडिनयुक्त नुनको सही रुपमा प्रयोग गर्न र यसका फाइदाबारे जानकारी गराउँदै सहभागीलाई एक एक पोका नुन प्रदान गरिएको हो।

थोरै खाआँै, सही मात्रामा खाआँै, दुई बालबालिकाको चिह्नअंकित आयोडिनयुक्त नुन नै खाऔ भन्ने नारासाथ फेब्रुअरी महिनालाई आयोडिन महिनाका रुपमा मनाउन शाखाद्वारा यो कार्यक्रम आयोजना गरिएको स्वास्थ्य शाखा प्रमुख धनराज ढकालले बताए।

आयोडिनयुक्त नुनको महत्व, यसको उचित प्रयोग,, फाईदाबारे जानकारी गर्ने कार्य भएको बताए। आयोडिनबाट मानिसका चार वटा अवस्थाहरु गर्भअवस्था, बाल्य अवस्था, किशोर अवस्था र बृद्धि अबस्थामा उत्तिकै महत्व हुने भएको कारण यसको ब्यापक प्रचार प्रसा गर्न आवश्यक रहेको बताउँदै उनले गाउँपालिका केन्द्रमा र् यालीसहित अन्तरक्रियासमेत गरिएको जानकारी दिए।

कार्यक्रममा सहभागी दुई सय जनालाई एक एक पोक आयोडिनयुक्त नुनका पोका प्रदान गरिएको थियो। जनप्रतिनिधि र कर्मचारीहरुलाई भने नुन दिइएको थिएन। नुन स्वास्थ्य शाखाले खरिद गरेको हो।

कार्यक्रममा गाउँपालिका अध्यक्ष लालकेश जैसीले सबैले अनिवार्य रुपमा आयोडिनयुक्त नुनको प्रयोग गर्नु आवश्यक रहेको बताए।

माघ २६, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्