नेपाल व्यापार सर्वेक्षण: करिब ३२ प्रतिशत व्यापारिक संस्था दर्ताबिनै सञ्चालन

काठमाडौँ – नेपालमा करिब ३२ प्रतिशत व्यापारिक प्रतिष्ठानहरु अवैध ढंगले सञ्चालन भइरहेको तथ्यांक सार्वजनिक भएको छ।

राष्ट्रिय तथ्यांक कार्यालयले शुक्रबार काठमाडौँमा एक कार्यक्रमका बीच सार्वजनिक गरेको नेपाल व्यापार सर्वेक्षणमा सो कुरा उल्लेख गरिएको हो।

सर्वेक्षणमा करिब ६८ प्रतिशत व्यापारिक प्रतिष्ठान भने सरकारी निकायमा दर्ता भई सञ्चालनमा आएको तथ्य समावेश गरिएको कार्यालयका निर्देशक प्रभा बरालले बताइन्।

मुलुकमा वैध रुपमा सञ्चालनमा रहेका व्यापारिक प्रतिष्ठानहरुमध्ये महिलाहरुको स्वामित्वमा २६ प्रतिशत रहेको र पुरुषको स्वामित्वमा ७४ प्रतिशत रहेको पनि सर्वेक्षणले देखाएको छ। २०६५ सालयता गरिएको सो सर्वेक्षणअनुसार मोटर ट्रेड एण्ड रिपियरमा महिलाहरुको स्वमित्व सबैभन्दा कम ८ प्रतिशत छ।

सर्वेक्षणमा तलव ज्याला र अन्य सुविधा नलिई काममा संलग्न व्यक्तिहरुको संख्या तलव ज्याला सुविधा लिई काम गर्नेहरुभन्दा बढिरहेको पनि दाबी गरिएको छ।

माघ २६, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्