विश्वकप लिग-२ लगतै टी-२० सिरिज, यस्तो छ खेल तालिका

काठमाडौं- नेपाली राष्ट्रिय क्रिकेट टोलीले आगामी १५ देखी २२ फागुन सम्म टी-२० त्रिकोणात्मक सिरिज खेल्ने भएको छ। विश्वकप लिग-२ का टोलीहरु नेपाल, नामिबिया र नेदरल्यान्ड्सले लिग-२ लगतै टी-२० सिरिज खेल्न लागेका हुन्।  नेपालले यो सिरिजलाई टी-२० विश्वकप तयारीका रुपमा खेल्न लागेको हो।

नेपाल क्रिकेट संघ (क्यान) ले सार्वजानिक गरेको खेल तालिका अनुसार २७ फेब्रुअरी देखी ५ मार्च (१५ देखी २२ फागुन सम्म) चल्ने सिरिजमा नेपालसँगै नेदरल्यान्ड्स र नामिबिया खेल्ने छन्। लिग चरणमा २-२ पटक खेलेपछि शीर्ष दुई टोलीले फाइनल खेल्ने कार्यतालिका रहेको छ।

प्रतियोगिताको सम्पूर्ण खेल टियु क्रिकेट मैदानमा नै आयोजना हुने छ। खेल विहान ११:३० बजे सुरु हुने क्यानले जनाएको छ। सार्वजानिक तालिका अनुसार नेपालले २७ फेब्रुअरीमा नामिबिया, २८ फेब्रुअरीमा नेदरल्यान्ड्स, १ मार्चमा नामिबिया तथा २ मार्चमा नेदरल्यान्ड्ससँग खेल्ने कार्यतालिका रहेको छ। प्रतियोगिताको फाइनल ५ मार्चमा हुने छ।

माघ २६, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्