‘द पोएट आइडल’ सिजन–२ को औपचारिक घोषणा

काठमाडौँ – ‘द पोएट आइडल’ सिजन २ को औपचारिक घोषणा भएको छ। शुक्रबार आयोजित पत्रकार सम्मेलनमा आगामी सोमबारदेखि प्रसारण हुनेछ।

हिमालय टिभीमा यो कार्यक्रम प्रत्येक सोमबार र मंगलबार राति ९ बजेदेखि प्रसारण हुने भएको छ। पत्रकारहरुको भेटघाटमा शोका निर्माता तथा निर्देशक अमनप्रताप अधिकारीले विभिन्न प्रायोजकसँग लिखित सम्झौता गरे। वात्सल्य नेचुरल शीर्ष प्रायोजकको रुपमा रहने भएको छ।

साथै अभिनेत्री अधिकारीलाई कविता रियालिटी शोको निर्णायक बनाइएकोबारे सामाजिक सञ्जालमा भएका टिप्पणीबारे सञ्चारकर्मीले प्रश्न सोधेका थिए। जसमा केकी र निर्देशक अधिकारीले आलोचनाको खण्डन गरे।

केकीले फिल्म अभिनेत्रीको रुपमा कला र साहित्यप्रति आफ्नो पनि जिम्मेवारी हुने बताइन्। उनले सबैको धारणालाई सम्मान गर्ने बताइन्, ‘जे हुन्छ राम्रैको लागि हुन्छ। म सबैको विचारलाई सम्मान गर्छु। अभिनयसँग सम्बन्धित रियालिटी शो आउँदै गरेको भए हामीले मध्ये कसैले त्यो प्रश्न राख्थ्यो कि।’

निर्देशक अधिकारीले केकीलाई अब्बल नायिकाको रुपमा प्रशंसा गर्दै उनले पोएट आइडललाई न्याय गर्न सक्ने बताए। यो शो लेखनमा मात्र आधारित नरहेको अमनको भनाइ थियो। उनले भने, ‘केकी अब्बल नायिका हुन्। हामी केकीले गर्ने क्यारेक्टर र अभिनयबाट तानिएका हौँ। हामीलाई विश्वास छ, उनले गर्न सक्छिन्। काममा न्याय गर्न सकिछन्। पोएट आइडल लेखनमात्र होइन। यो मिश्रित रियालिटी शो हो।’

उनले दोस्रो सिजनमा कूल एपिसोड संख्या ३० हुने जनाए। ‘पछिल्लो सिजनमा ३३ एपिसोड बनाउँदाको महसुस गर्दा अडिसन राउण्ड लामो भएछ। अडिसन राउण्ड ६ बाट कटाएर ३ मा ल्याएका छौँ। अब ३० एपिसोड हुन्छ। यो प्रमुख चेन्ज हो। यसबाहेक चेन्ज हुँदैन,’ उनले फर्म्याटबारे भने।

उक्त अवसरमा जज तथा कवि विप्लव प्रतीकको जन्मदिन पनि सेलिब्रेट गरिएको थियो। सिजन २ लाई अभिनेतासमेत रहेका दिव्यदेवले होस्ट गर्नेछन्। जजमा उपेन्द्र सुब्बा र अनुप बराल पनि हुनेछन्।

माघ २६, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्