कांग्रेस प्रचारप्रसार उपसमितिमा सात सदस्य मनोनित

फाइल तस्बिर ।

काठमाडौं- नेपाली कांग्रेसले आगामी फागुन ७ देखि १० गतेसम्म ललितपुरको गोदावरीमा हुने महासमिति बैठकलाई व्यवस्थित एवं प्रभावकारी बनाउन स्वयंसेवक परिचालन उपसमितिमा सदस्य मनोनित गरेको छ।

कांग्रेसले केन्द्रीय सदस्य एवं केन्द्रीय सूचना, सञ्चार तथा प्रचार विभागका प्रमुख मीनबहादुर विश्वकर्माको संयोजकत्वमा गठित ‘प्रचार प्रसार उपसमिति’मा शुक्रबार सात जना सदस्य मनोनित गरेको हो।

पार्टीले उपसमितिमा किरण गिरी, बद्री सिग्देल, सरोज अधिकारी, रोजी पराजुली ढकाल, महेश्वर गौतम, केदारनाथ दाहाल, जगत् प्रजापतिलाई मनोनयन गरेकाे मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।

 

माघ २७, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्