एकदिवसीय सिरिज: क्यानडाविरुद्ध नेपालले पहिले फिल्डिङ गर्ने, तीन खेलाडी परिवर्तन

फाइल तस्बिर।

काठमाडौं- नेपाल र क्यानडाबीचको तीन खेलको एकदिवसीय सिरिजको दोस्रो खेलमा नेपालले क्यानडाविरुद्ध पहिला फिल्डिङ गर्ने भएकाे छ।

त्रिवि क्रिकेट मैदान, कीर्तिपुरमा क्यानडाले आज टस जितेर बलिङ रोजेको हाे।

दोस्रो खेलमा नेपालले तीन खेलाडी परिवर्तन गरेको छ।

कुशल भुर्तेल, आरिफ शेख र ललित राजवंशीकाे स्थानमा देव खनाल, अनिल शाह र आकाश चन्द टोलीमा आएका छन्।

यसअघि बिहीबार भएकाे सिरिजकाे पहिलो खेलमा नेपालले क्यानडाविरुद्ध ७ रनको रोमाञ्चक जित निकालेको थियो। नेपालको जितमा कप्तान रोहित पौडेलले कप्तानी इनिङ्स खेलेका थिए।

नेपाल आजकाे खेलमा पनि जित निकाल्ने लक्ष्यका साथ मैदान उत्रिनेछ।

आइसिसी विश्वकप लिग २ को तयारीअन्तर्गत नेपालले क्यानडासँग सिरिज खेलिरहेकाे हाे। क्यानडा एकदिवसीय शृङ्खला खेल्न पहिलोपटक नेपाल आएको हो।

नेपाल र क्यानडाबीचको तेस्रो खेल सोमबार हुनेछ।

माघ २७, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्