क्यानडाले नेपाललाई दियाे २८६ रनकाे लक्ष्य

काठमाडौं- नेपाल र क्यानडाबीचको तीन खेलको एकदिवसीय सिरिजको दोस्रो खेलमा क्यानडाले नेपाललाई २८६ रनकाे लक्ष्य दिएकाे छ।

त्रिवि क्रिकेट मैदान, कीर्तिपुरमा टस जितेर ब्याटिङ रोजेको क्यानडाले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २५८ रन बनायाे।

क्यानडाका लागि आरोन जोनसज र नवनित धालिवालले पहिलो विकेटका लागि ९४ रनको साझेदारी गरे। जोनसजले सर्वाधिक ६५ रन बनाए। ६२ बलको सामना गरेका उनले २ छक्का र १० चौका हाने। यस्तै, नवनीत धालिवालले ४६ रन बनाए।

यस्तै, श्रेयस मोभ्भाले ४० रन बनाए।

क्यानडाविरुद्ध कुशल मल्ल र कप्तान रोहित पौडेलले समान २-२ विकेट लिए। यस्तै, सोमपाल कामी, सूर्य तामाङ, आकाश चन्द र पवन सर्राफले १-१ विकेट लिए।

यसअघि बिहीबार भएकाे सिरिजकाे पहिलो खेलमा नेपालले क्यानडाविरुद्ध ७ रनको रोमाञ्चक जित निकालेको थियो। नेपालको जितमा कप्तान रोहित पौडेलले कप्तानी इनिङ्स खेलेका थिए।

आइसिसी विश्वकप लिग २ को तयारीअन्तर्गत नेपालले क्यानडासँग सिरिज खेलिरहेकाे हाे। क्यानडा एकदिवसीय शृङ्खला खेल्न पहिलोपटक नेपाल आएको हो।

नेपाल र क्यानडाबीचको तेस्रो खेल सोमबार हुनेछ।

 

माघ २७, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्