महुवाको मदिरा विश्व बजारमा पुर्याउँछौंःमुख्यमन्त्री चौधरी (भिडियो)

दाङ-लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले घरेलु मदिरालाई ब्राण्डिङ्ग गरेर विश्वका देशमा निर्यात गर्ने र समुदायमा आर्थिक बृद्धि गर्ने योजना प्रदेश सरकारको रहेको बताएका छन्।

दाङको लमहीमा नेपाल उद्योग बाणिज्य महासंघ लुम्बिनी प्रदेशको छैटौं सभालाई सम्वोधन गर्दै उनले नेपालमा उत्पादन हुने महुवाको मदिरालाई विश्व बजारमा पु¥याउन आफुले पहल गरिरहेको बताए।

‘थारुहरुले जिन्दगीभरी जाँड बनाए। अहिले कोरियन जाँड यहाँ ल्याएर विक्रि भइरहेको छ’उनले भने,‘तीन वटा देश जाँडको लागी राम्रो एउटा कोरिया, एउटा भुटान अनी एउटा हाम्रो देश नेपाल। हामिले बेचेको जाँड संसारभरी जानुपथ्र्याे। हाम्रो सिप त त्यसैमा थियो नी त। तर, हाम्रो देश त्यता पनि लागेन। व्यापारी पनि त्यता लागेनन।’

स्थानीय उत्पादन बढाउन नसक्दा सम्म मुलुक समृद्ध हुन नसक्ने भनाई उनको छ। ‘उद्योगी व्यवसायी संग हामी संगसंगै हिड्न चाहन्छौं। तपाईहरु संग अन्तरक्रिया गर्न, छलफल गर्न प्रदेश सरकार जहिले पनि तयार छ’उनले भने,‘उत्पादनलाई समुदाय संग जोड्नेगरी कार्यक्रम बनाएका छौं । यसमा सबैको साथ सहयोगको खाँचो छ।’

यस्तै उनले लुम्बिनीलाई शान्ती क्षेत्रको रुपमा विश्वभर चिनाउन अन्र्तराष्ट्रिय स्तरको सम्मेलन गर्न थालेको जानकारी दिए । नोवेल पुरस्कार विजेता ९ जनालाई एउटै मञ्चमा उपस्थित गराउने र विश्वको ध्यान तान्ने कार्यक्रम गर्न थालिएको, यो कार्यक्रमले लुम्बिनीलाई नयाँ उचाईमा पुर्याउने बताए।

नेपाल उद्योग बाणिज्य महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष कृष्णप्रसाद शर्माले स्थानीय उत्पादन बढाउन सरकारी स्तरबाट वातावरण तयार हुनुपर्ने बताउछन्। उनले उद्योगी व्यवसायीहरु अहिले पलायनको अवस्थामा पुगेको र उनिहरुलाई लक्षित गरेर समेत कार्यक्रम बनाउन आवश्यक रहेको धारणा राखे।

‘व्यवसायी पलायन हुन थाले। उनिहरुलाई आकर्षीत गर्नेगरी सरकारले कार्यक्रम ल्याउनुप¥यो’उनले भने,‘कोभिड पछी व्यवसाय क्षेत्र उठ्नै नसक्नेगरी थलियो। यसलाई बचाउने जिम्मेवारी सबैको हो।’

नेपाल उद्योग बाणिज्य महासंघका जिल्ला नगर उपाध्यक्ष श्रीकृष्ण बैद्य, बस्तुगत उपाध्यक्ष हेमराज ढकाल, उद्योग परिसंघ लुम्बिनीका अध्यक्ष एजाज आलम, देउखुरी उद्योग बाणिज्य संघका अध्यक्ष कमलजंग सिंह ठकुरीले उद्योग व्यवसाय धरासायी हुदा त्यसको प्रत्यक्ष असर देशको विकास निर्माणमा देखिने भन्दै सरकारले उद्योग व्यवसायलाई लक्षित गरेर कार्यक्रम बनाउन जोड दिए। प्रदेश सरकारले स्वरोजगार, उद्यमशिलता, आर्थिक विकासको लागी कार्यक्रम ल्याउन आग्रह गरेका छन्।

माघ २७, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्