सिमकोट – दुई दिनपछि हुम्ला जिल्लाको हवाई सेवा सुचारु भएको छ। शनिबार सिमकोट क्षेत्रमा हावा लाग्न रोकिएपछि हवाई सेवा सुचारु भएको हो।

सिमकोट बिमानस्थलका एयरट्राफिक कन्ट्रोलर निसान झाले बिमानस्थल क्षेत्रमा हावाहुरी चल्न रोकिएपछि हवाई सेवा सुचारु रहेको बताए।

बिहीबार हावाको चाप ३८ नट रहेकोमा शुक्रबार त्यो घटेर १७ नटमा झरेको कारण दुवै दिन हवाई सेवा अबरुद्ध भएको थियो। बिमानस्थलमा उडान भर्नका लागि हावा चाप आठ नटसम्म हुनु पर्ने बताउदै उनले त्यो भन्दा माथि भए उडान हुन नसक्ने बताए।

शनिबार तारा एयरले दुई वटा र समिटले एक उडान भरेको थियो । तीनै उडानमा यात्रुहरु ओसारिएको थियो । यसले गर्दा दुबैतिरका यात्रुहरुलाई सहज भएको छ

माघ २७, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्