आगलागीबाट घाइते भएकी सिंहलाई जिल्लाबाहिर रेफर

सिमकोट – गत बिहीवार खार्पुनाथ गाउँपालिका – ५ को घाँस काट्ने मेलामा आगलागी हुँदा जलेर घाइते भएकी लक्षिमा सिहलाई थप उपचारका लागि जिल्लाबाहिर रेफर गरिएको छ।

अस्पतालले रेफर गरे पनि आर्थिक कमजोरीको कारण शनिबार हवाई सेवा सुचारु भए पनि सिंहको उद्धार सकेको छ्रैन।
स्वास्थ्य सेवा कार्यालयकी वरिष्ठ अनमी सरिता बोहराले आगलागीबाट घाईत भएकी सिंहको उपचार जिल्लामा संभव नहुने भएपछि जिल्लाबाहिर रेफर गरिएको बताइन्।

उपचारका लागि जिल्लाबाहिर रेफर गरिए पनि आर्थिक अभावले उनको उद्धार हुन नसकेपछि अस्पतालमै उपचार भइरहेको छ। उनको उपचारका लागि सहयोग गर्न खार्पुनाथ गाउँपालिकाले एक लाख रुपियाँ दिने भए पनि शुक्रबार उनको खातामा चेकजम्मा गर्ने हुन सकेन र शनिबार बिदा भएको कारण सो कारोवार भएन। अब आईतबार गाउँपालिकाले सहयोग गर्नेछ।

उपचारका लागि आबश्यकता अनुसार थप सहयोग पनि गरिने छ। खार्पुनाथ गाउँपालिका– ५ याँङचु (डाँडाबाडा) गाउँ बस्ने वर्ष ५० की सिंह आगो निभाउन जाने क्रममा जलेर घाइते भएकी थिइन्।

सो वडा कै आसिकाट्नादेखि माथिको मेलामा आगो लगाएको थाहा पाएपछि सिंह निभाउनका लागि आगलागी भएको स्थानमा पुगेकी थिइन्। घाइते सिंहको टाउको शरीरका बिभिन्न भागसँगै हात जलेको छ।

माघ २७, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्