गाउँपालिकामा ३९ उपभोक्ता समिति दर्ता

सिमकोट – सिमकोट गाउँपालिकामा ३९ वटा उपभोक्ता समिति गठन भई दर्ता भएको पाइएको छ। ०८०/८१ मा तर्जुमा भएको योजना निर्माण अगाडि बढाउनका लागि गाउँपालिकाले सम्बन्धित सेवाग्राहीबाट गठन भएका उपभोक्ता समितिलाई गाउँपालिकामा दर्ता गरिएको हो।

सिमकोट गाउँपालिकाका लेखा अधिकृत विशाल बोहराले चालु वर्षका योजना निर्माण अगाडि बढाउनका लागि हालसम्म ३९ वटा उपभोक्ता समिति गठन गरी दर्ता भएको जानकारी दिए।

उनले नियमसंगत रुपमा काम गर्न उपभोक्ता समितिलाई दर्ता प्रक्रियामा ल्याई जिम्मेवार बनाइएको बताए। गाउँपालिकाको यो प्रयासले यसअघि योजना निर्माणका लागि मात्र गठन हुने समिति अब निरुत्साहित भएका छन्।

गाउँपालिकामा दर्ता भएपछि उपभोक्ता समितिलाई प्रमाण पत्र प्रदान गरिन्छ भने समिति आफैँले कर कार्यालयबाट प्यान नम्बरसमेत लिने गरिन्छ।

गाउँपालिकाका आठ वटै वडाअनुसार १ मा दुई वटा, दुईमा दश वटा, ३ मा दुई वटा, ४ मा एक वटा, ५ मा ६ वटा, ६ मा दुई वटा, ७ मा ६ वटा र र ८ मा १० वटा उपभोक्ता समिति दर्ता भएका छन्।

यसरी दर्ता भएका समितिका पदाधिकारी र सदस्यसम्बन्धी टोल वा निर्मित योजनाबाट प्रतिफल पाउने सेवाग्राही मध्येबाट समुदायले छनोट गरेका सदस्य रहने गरेका छन्।

 

माघ २७, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्