ह्विलचियर दौडमा सुरेशकुमार र ऐश्वर्या च्याम्यिन

पोखरा – पोखरामा शनिबार ह्विलचियर दौड र दृष्टिवीहिन दौड भएको छ। १८ औं संस्करणको पोखरा अन्तर्राष्ट्रिय म्याराथन अन्तर्गत यी दुई विधामा दौड भएको हो।

नेपाल भूतपूर्व खेलाडी मञ्चले आयोजना गरेको ह्विल चेयर दौडमा पुरुषतर्फ १ हजार ८०० मिटरतर्फ सुरेशकुमार विजेता बनेका छन्। उनले ७ मिनेट ४१ सेकेण्डमा दुरी पार गर्दै विजेता बनेका हुन्।

भरत अधिकारीले ७ मिनेट ५७ सेकेण्डमा दौड पुरा गर्दै दोस्रो र ध्रुव परियारले ८ मिनेट २४ सेकेण्डमा पार गर्दै तेस्रो स्थान हासिल गरे।
महिला ह्विलचियरतर्फ १ हजार मिटरको दूरीमा दौड भएको थियो। काठमाडांैकी ऐश्वर्याकुमारी कुमालले ४ मिनेट ९ सकेण्डमा दौड पूरा गरेर च्याम्यिन बनिन्।

काठमाडांैकी पेमा छोक्पा गुरुङले ४ मिनेट ५२ सेकेण्डमा दौड पूरा गरेर दोस्रो स्थान हासिल गरेकी छन्। पोखराकी अञ्जु बराल तेस्रो भइन्। उनले दुरी ६ मिनेट ४४ सेकेण्डमा निर्धारित दुरी पूरा गरेकी थिइन्।

१०० मिटर दुरीमा दृष्टिवीहिन दौड भएको थियो। पुरुषतर्फ आशिष खड्गीले विजेता बने। वीरेन्द्र लामिछाने दोस्रो र टुल्का डाँगीले तेस्रो स्थान हासिल गरे।
महिलातर्फ विनिता पुन विजेता बनिन्। सिर्जना परियार दोस्रो र माया गौतमले तेस्रो स्थानमा चित्त बुझाएका छन्।

ह्विलचियर र दृष्टिवीहिन दौडको विजेताले १० हजार रुपैयाँ हात पारेका छन्। दोस्रो र तेस्रोलाई क्रमशः ७ हजार र ५ हजार रुपैयाँ प्रदान गरिएको छ। ह्विलचियर दौडका विजेतासँगै दोस्रो र तेस्रोले १÷१ थान ह्विलचियर उपहार पाएका छन्।

दृष्टिविहिन दौडका विजेतासँगै दोस्रो र तेस्रो हुनेले सेती छडी पाए। अन्तर्राष्ट्रिय म्याराथन भने फागुन ५ गते हुनेछ। म्याराथनमा पुरुषतर्फ ४२.१९६ किलोमिटर, महिलातर्फ हाफ म्याराथन २१ किलोमिटर, १० किलोमिटर महिला÷पुरुष, ५ किलोमिटर छात्र/छात्रा र रन फर फनमा झन्डै १० हजार बढी धावक दौडने आयोजकको दाबी छ।

 

माघ २७, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्