पोखरा – शनिबार पोखरामा ह्विलचियर र दृष्टिविहीन दौड भयो। १८ औं अन्तर्राष्ट्रिय सफल म्याराथनअन्तर्गत भएको दौडमा कोही ह्विलचियर बसेर दौडिए।

दृष्टिविहनि धावक डोरी समातेर बेजोडले कुदे। पोखरा रंगशाला परिसरमा भएको दौडमा सहभागीहरु तागतले भन्दा आत्मविश्वासले बढी कुदे। र विजेता बन्दै पुरस्कारसमेत हात पारेका छन्।

विजेताले नगदसँगै ह्विलचियर सेतोछडी उपहारमा पाएका छन्।