हालान्डको दुई गोलमा सिटी शीर्ष स्थानमा

अर्लिङ हालान्डले २ गोल गरेको खेलमा म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिग फुटबलमा एभर्टनलाई २–० ले पराजित गरेको छ।

शनिबार साँझ भएको खेलमा पहिलो हाफ गोलरहित बराबरी भएको खेलमा दोस्रो हाफमा सिटीले दुई गोल गरेको थियो। नर्वेजियन फर्वाड हालान्डले ७१ औँ मिनेटमा पहिलो गोल गरेका थिए। उनले ८५ औँ मिनेटमा डि ब्रुएनाको पासलाई सदुपयोग गर्दा सिटीले महत्वपूर्ण तीन अङ्क निश्चित गरेको थियो।

डिसेम्बर र जनवरीमा अधिकांश समय मैदान बाहिर रहेका हालान्ड र डी ब्रुएनाको आगमनसँगै सिटी उपाधि रक्षामा अब्बल बन्दै गएको छ।
जितपछि सिटीको २३ खेलबाट ५२ अङ्क भएको छ। समान खेलबाट लिभरपुल ५१ अङ्कका साथ दोस्रो र आर्सनल ४९ अङ्कका साथ तेस्रो स्थानमा रहेका छन्।

माघ २७, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्