माओवादी केन्द्रीय समिति बैठक आज बस्दै, के छन् एजेन्डा?

फाइल तस्बिर।

काठमाडौँ- नेकपा माओवादी केन्द्रको केन्द्रीय समितिको बैठक आइतबार बस्दैछ ।

बैठक आज बिहान ११ बजे राष्ट्रियसभा गृहमा बस्ने पार्टीका प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए ।

दुई दिनसम्म चल्ने बैठकमा पार्टीले यसअघि सञ्चालन गरेको चार महिने ‘जनतासँग माओवादी विशेष अभियान’ को विशेष समीक्षा गर्ने तयारी रहेको सापकोटाले जानकारी दिए ।

यसका साथै पार्टीको काम कावाही, आगामी फागुन १ गतेदेखि तय गरिएको विधान सम्मेलन र समसामयिक राजनीतिक विषयमा उक्त बैठकमा छलफल हुनेछ ।

माघ २८, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्