रियललाई शीर्ष स्थानमा ६ अंकको अग्रता

स्पेनिस ला-लिगा फुटबलमा रियल म्याड्रिडले उपाधि होडमा पकड बलियो बनाएको छ। शनिबार राति भएको खेलमा दोस्रो स्थानको जिरोनालाई ४-० ले पराजित गर्दै रियलले शीर्ष स्थानमा ६ अंकको स्पष्ट अग्रता बनायो।

घाइते भएर मैदान छाड्नुअघि जज बेलिंघमले दुई गोल गरेका थिए। बर्नेबाउमा रियलले भिनिसियस जुनियरको लङ रेन्ज गोलमार्फत् अग्रता लिएको थियो। छैटौं मिनेटमा नै अग्रता बनाएको रियललाई पहिलो हाफमै अग्रता दोब्बर बनाउने क्रममा बेलिंघमले ३५ औं मिनेटमा जुनियरकै पासको सदुपयोग गरे।

बेलिंघमले ५४ औ मिनेटमा अग्रता ३-० मा पुर्‍याउँदा चौंथो गोल रोड्रीको नाममा रह्यो। रोड्रीले ६१ औं मिनेटमा जुनियरको पासलाई सदुपयोग गरेका थिए।

जितपछि रियलले २४ खेलबाट ६१ अंक बनाएको छ। त्यस्तै, जिरोनाले समान खेलबाट ५६ अंक बनाएर दोस्रो स्थानमा रहँदा तेस्रो स्थानको बार्सिलोनाको ५० अंक रहँदा एट्लेटिको म्याड्रिडको ४८ अंक रहेको छ।

माघ २८, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्