बार्यनको पोस्टमा लिभरकुसेनको तीन गोल, शीर्ष स्थानमा पाँच अंकको अग्रता

जर्मन बुन्डेस लिगामा शीर्ष स्थानको बार्यन लिभरकुसेनले सर्वाधिक सफल टोली बार्यन म्युनिखलाई ३-० ले पराजित गर्दे शीर्ष स्थानमा ५ अंकको अग्रता बनाएको छ।

पूर्व लिभरपुल स्टार जावी अलान्सोको प्रशिक्षणमा रहेको लिभरकुसेनले बुन्डेस लिगामा सनसनीपूर्ण प्रदर्शन जारी राख्दा उपधि होड रोमाञ्चक बनेको छ।

पहिलो हाफमै अग्रता बनाउने क्रममा जोसिप स्टानिसीकले १८ औं मिनेटमा गोल गरेका थिए। दोस्रो हाफ सुरु भएको केही समयमै एलेक्स ग्रिमाल्डोले दोस्रो गोल गर्दे ५० मिनेटमै २-० ले अघि रह्यो। टिमका लागि तेस्रो गोल फ्रिमपोन्ङको नाममा रह्यो। उनले इन्जुरी समयको पाँचौं मिनेटमा गरेका थिए।

जितसँगै लिभरकुसेन सबै खाले प्रतियोगितामा गरी ३१ खेलसम्म अपराजित रहन सफल भयो। जितसँगै लिभरकुसेनले २१ खेलबाट ५५ अंक बनाउँदा बार्यन म्युनिखको २१ खेलबाट ५० अंक रहेको छ।

बार्यनलाई हराएसँगै पाँच पटक उपविजेता बनेको लिभरकुसेनले पुन: एकपटक उपाधि सपना देख्न सुरु गरेको छ।

माघ २८, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्