सांसद पौड्यालको प्रश्नः टेस्टेडहरुलाई किन राखियो उपकुलपतिको सर्टलिस्टमा?

फाइल तस्बिर ।

काठमाडौँ – राष्ट्रिय सभा सदस्य डा. विमला राई पौड्यालले त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा परीक्षण भइसकेका मान्छेहरुलाई ‘सर्टलिस्ट’मा पारिएको भन्दै आपत्ति जनाएकी छन्।

आइतबार राष्ट्रिय सभाको बैठकमा बोल्दै राष्ट्रिय सभा सदस्य पौड्यालले त्रिभुवन विश्वविद्यालयमा पहिले नै परीक्षण भइसकेका व्यक्तिहरुलाई उपकुलपतिको ‘सर्टलिस्ट’ मा पारिएको भन्दै आपत्ति जनाएकी हुन्।

उनले विश्वविद्यालयको नेतृत्वमा रहेर पनि कुनै प्रगति गर्न नसकेका र विश्वविद्यालयलाई र्‍याङ्किङमा पछाडि धकेल्नेहरु नै सर्टलिस्टमा परेका भन्दै नियुक्तिमा राजनीतिक हस्तक्षेप हुनसक्ने आशंका व्यक्त गरिन्।

उनले छनोट समितिले पुरानै अनुहारलाई विश्वविद्यालयको नेतृत्व दिन लागेको हो भनि प्रश्नसमेत गरिन्। उनले बौद्धिक चोरीको आरोप लागेका र अख्तियारमा मुद्दा चलेकालाई किन उपकुलपतिको छनौट लिस्टमा राखियो भनेर पनि प्रश्न गरिन्।

माघ २८, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्