सामाजिक न्यायका लागि अभियन्ता ईः ले सुरु गरे लुम्बिनी–सिंहदरबार पैदलयात्रा (भिडियो)

काठमाडौँ – अभियान्ता ईःले सडक व्यापारी र अनौपचारिक क्षेत्रका श्रमिकको समस्या समाधानका लागि दबाब दिन लुम्बिनी–सिंहदरबार पैदलयात्रा सुरु गरेका छन्।

उनले आइतबारदेखि लुम्बिनी–सिंहदरबार पैदलयात्रा सुरु गरेका हुन्। ९ दिन लामो पैदलयात्रा फागुन ७ गते सोमबार सिंहदरबार पुगेर समापन हुनेछ।

उनले देशमा बेरोजगारी, आर्थिक–सामाजिक असमानता बढेको र मौलिक हकअधिकार कुण्ठित भएको हुँदा सामाजिक न्याय सुनिश्चित हुनुपर्ने मागसहित पैदल यात्रा सुरु गरेको बताएका छन्।

गर्ने प्रावधानले भरिपूर्ण र समाजवाद उन्मुख लेखिएको संविधानको सार्थकता पुष्टि गर्न एवं आमजनतामुखी कारुणिक शासन प्रोत्साहन गर्न अब यस विषयमा सङ्घीय सरकारको भूमिका अनिवार्य बनेको छ।

‘सडक व्यापारी, बृहत्तर अनौपचारिक क्षेत्र (६२% रोजगारी दिने), र शहरी गरीबको लोकरिझ्याइँ निर्देशित सीमान्तीकरण राष्ट्रिय रोगसरी बनेको छ। जसले गर्दा बेरोजगारी, आर्थिकसामाजिक असमानता बढेको र मौलिक हकअधिकार कुण्ठित भएका छन्,’ उनले भनेका छन्,’सामाजिक न्याय सुनिश्चित गर्ने प्रावधानले भरिपूर्ण र समाजवादउन्मुख लेखिएको संविधानको सार्थकता पुष्टि गर्न एवं आमजनतामूखी कारुणिक शासन प्रोत्साहन गर्न अब यस विषयमा संघीय सरकारको भूमिका अनिवार्य बनेको छ।’

आम सर्वसाधारणलाई पनि उक्त पैदलयात्रामा सहभागी हुन आह्वान गरिएको छ। आइतबार बिहान सुरु भएको पैदलयात्रा मणिग्राम पुगेर रात्रि विश्राम गर्नेछ। त्यसपछि सुनवल रामनगर, दुम्कीबास, दलदले, चितवनको रामनगर, कुरिनटार, गजुरी, नौबिसे हुँदै फागुन ७ गते सिंहदरबार पुगेर पैदलयात्रा समापन हुनेछ।

माघ २८, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्