सरकारलाई संसदीय समितिले भन्योः अध्यागमनसम्बन्धी कानुन समयानुकूल बनाऊ

काठमाडौँ – संसदीय समितिले अध्यागमनसम्बन्धी विद्यमान कानून तत्काल परिमार्जन गर्न सरकारलाई निर्देशन दिएको छ।

आइतबार सिंहदरबारमा बसेको प्रतिनिधि सभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिले अध्यागमनसम्बन्धी विद्यमान ऐन, नियम तत्काल परिमार्जन गर्न सरकारलाई निर्देशन दिएको हो।

समयानुकूल हुनेगरी सोसम्बन्धि विधेयक तत्काल परिमार्जन गर्न गृह मन्त्रालयलाई निर्देश गरिएको समितिका सभापति रामहरि खतिवडाले जानकारी दिए।

त्यसैगरी बैठकले मानव तस्करी नियन्त्रण र खुला सीमा सुरक्षा कडा चेकजाँचको व्यवस्था गर्न पनि सरकारलाई सचेत गराएको छ। भिसा सम्बन्धि समस्या समाधान गर्न पनि सरकारलाई भनिएको समितिका सभापति खतिवडाले बताए।

समितिले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अपुग जनशक्ति तत्काल व्यवस्थापन गर्न र राष्ट्रिय सुरक्षा नीति परिमार्जन गर्न पनि प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालयलाई निर्देशन दिएको छ।

समितिले सडकमा रहेका भोकानांगा नागरिकको उचित व्यवस्था गर्न पनि सरकारको ध्यानाकर्षण गराएको छ।

माघ २८, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्