जुलिज केकले सुरु गर्‍यो आफ्नै अनलाइन प्लेटफर्म

जुलिजकी संस्थापक जुली प्रधानाङ्ग

काठमाडौँ – नेपालमा २० वर्षदेखि बेकरी व्यवसाय गर्दै आएको जुलिज केक एण्ड पेस्ट्रीले अनलाइन प्लेटफर्म सञ्चालनमा ल्याएको छ।

आइतबार  राजधानीमा एक कार्यक्रमको आयोजना गरी जुलिजले अनलाइन प्लेटफर्म juliescakes.com.np सञ्चालनमा आएको जानकारी गराएको हो। अब जुलिजका उत्पादन अनलाइनमार्फत पनि खरिद गर्न सकिने छ।

जुलिजले केक र बेकरीका खाद्य सामाग्री उत्पादन तथा बिक्री वितरण गर्दै आएको छ। हालसम्म ठमेल डट कम, फुडमाण्डु, मुन्चाजस्ता प्लेटफर्महरूसँगको साझेदारीमा बिक्री वितरण गर्दै आएको जुलिजले स्थापनाको २० वर्ष पार गरेको अवसरमा आफ्नै अनलाइन प्लेटफर्म सञ्चालन गरेको जुलिजकी संस्थापक जुली प्रधानाङ्गले जानकारी गराइन्।

आफ्नो व्यवसायमा रणनीतिक कदमका रूपमा इ-कमर्स क्षेत्रमा अघि बढेको उनको भनाइ छ। उनले भनिन्,’हामी सानो बेकरीको रूपमा यो व्यवसायमा लागेका थियौँ, आज २० वर्षको भएको छ, अहिले १६ जनालाई प्रत्यक्ष रोजगारी सिर्जना गरेका छौँ,’ प्रधानाङ्गले भनिन्, ‘अब भने इ–कमर्स क्षेत्रमा पनि पाइला अघि बढाउँदै अनलाइन सेवा अघि बढाएका छौँ।’

जुलिजका सञ्चालक ज्योति नकर्मीले आधुनिक प्रविधिलाई अगाल्दै गुणस्तर बढाउने काम बताए।

माघ २८, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्