वर्ष उत्कृष्ट खेलाडी बने एथलेटिक्सका दीपक र राजपुरा

काठमाडाैँ – नेपाल खेलकुद पत्रकार मञ्चले पल्सर स्पोर्ट्स अवार्ड अन्तर्गत बर्षको उत्कृष्ट पुरुष खेलाडी एथलेटिक्सका दीपक अधिकारी घोषित हुँदा महिला तर्फ एथलेटिक्सकै राजपुरा पछाइले बाजी मारेकी छन्।

शनिबार एक कार्यक्रमबीच मञ्चले गरेको अवार्ड घोषण कार्यक्रममा२०७९ को प्रदर्सनका आधारमा पुरुष शीर्ष तीनमा आसिफ शेख, दिपक अधिकारी, रोहित पौडेल रहेका थिए। अन्य दुई खेलाडीलाई पछी पार्दै अधिकारिले अवार्ड हात पारे।

त्यस्तै मध्यम तथा लामो दुरीकी धाविका राजपुरा पछाईले उत्कृष्ट महिला खेलाडीको पुरस्कार जितेकी छन् ।

पछाईले मनोनयनको शीर्ष तीनमा रहेका आफ्नै टिम सहयात्री धाविका पुश्पा भण्डारी र राष्ट्रिय महिला बास्केटबल टिमकी उपकप्तान अनुशा मल्ललाई पछि पारेकी थिइन्।

माघ २८, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्