क्यानडाविरुद्धको सिरिजको अन्तिम खेल खेल्दै नेपाल

काठमाडौं- क्यानडाविरुद्धको तीन खेलको एकदिवसीय सिरिज २-० ले जितिसकेको नेपाल आज अन्तिम खेल खेल्दै छ।

सिरिज क्लिन स्विप गर्ने लक्ष्यमा रहेको नेपालविरुद्ध क्यानडा पहिलो जितको प्रयासमा मैदानमा उत्रिँदै छ।

खेल टियू मैदान कीर्तिपुरमा बिहान ९:१५ देखी सुरु हुने छ। यसअघि नेपालले पहिलो खेलमा ७ रन र दोस्रो खेलमा ८ विकेटको सानदार जित निकाल्दै सिरिज आफ्नो नाममा पारेको थियो।

यदि क्यानडाविरुद्ध आजको खेल जितेमा नेपालले सिरिजमा क्लिन स्विप गर्ने छ। सन् २०१८ मा पहिलो पटक एकदिवसीय मान्यता पाएपछि नेपालले क्यानडासँग पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय सिरिज खेलेको हो।

रोहित पौडलको कप्तानीका उत्रिएको नेपाली टिममा आशिफ शेख, कुशल भूर्तेल, देव खनाल, कुशल मल्ल, भीम शार्की, आरिफ शेख, पवन शर्राफ, सोमपाल कामी, रिजन ढकाल, सूर्य तामाङ, ललित राजवंशी, आकाश चन्द र अनील शाह छन्।

माघ २९, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्