टस जितेर बलिङ गर्दै नेपाल, टोलीमा चार परिवर्तन

क्यानडा विरुद्धको अन्तिम खेलमा नेपालले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेको छ। नेपाली राष्ट्रिय क्रिकेट टोलीले क्यानडा विरुद्धको तीन खेलको सिरिजको अन्तिम खेलमा त्रिवि मैदान, कीर्तिपुरमा टस जितेर पहिले फिल्डिङ गर्न लागेको हो।

लगातार दुई खेल जितेर सिरिज कब्जा गरिसकेको नेपाल घरेलु मैदानमा क्लिन स्विपको ध्याउन्नमा रहेको छ।

कप्तान रोहितकुमार पौडेलले टस जितेर फिल्डिङ गर्ने निर्णय गरेसँगै केहीबेरमा क्यानडा ब्याटिङका लागि मैदान उत्रिँदै छ।

आजको खेलमा हेमन्त धामीले डेब्यु गर्ने भएका छन्। नेपालले यसअघिको टोलीमा कुल ४ परिवर्तन गरेको छ।

नेपालको प्लेइङ ११ मा रोहित पौडेल (कप्तान), अनिल शाह, कुशल मल्ल, देव खनाल, आरिफ शेख, पवन सर्राफ, आकाश चन्द, हेमन्त धामी, कुशल भुर्तेल, ललित नारायण राजवंशी रहेका छन्।

माघ २९, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्