काठमाडौँ- अखिल क्रान्तिकारीले राजधानीको नक्सालस्थित बाल मन्दिर स्कुलको जग्गाको विषयमा मालिगाउँमा रहेको वृहस्पति विद्यासदन गेट अगाडि बिरोध प्रदर्शन गरेको छन्।

अखिल क्रान्तिकारी प्रदेश ३ समितिले विशाल ग्रुपबिरुद्ध विरोध प्रदर्शन गरेको हो।

उनीहरूले सरकारी जग्गा सरकारकै स्वामित्वमा हुनुपर्ने मागसहित वृहस्पति विद्यासदन र राई स्कूल राष्ट्रियकरण गर्ने माग गरेका हुन्।

उनीहरुले विशाल ग्रुपले अकूत रूपमा कमाएको सम्पति राष्ट्रियकरण गर्न पनि माग गरेको छ।

तस्बिरहरु: