वीरगञ्ज – लागुऔषधसहित बाराबाट सोमबार दुई जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा बारा निजगढ नगरपालिका–६ योजना टोल बस्ने २९ वर्षीय हेमबहादुर थापा र सोही स्थानका अर्का २९ वर्षीय आशिष तामाङ छन्।

कलैया उपमहानगरपालिका–१ देवकोटा चोक स्थित चेकजाँच गर्नेक्रममा दुबै जनालाई लागुऔषधसहित प्रहरीले पक्राउ गरेको हो।

वीरगञ्जबाट कलैया हुँदै निजगढ तर्फ जाँदै गरेको ना ५६ प ८७७१ नम्बरको मोटरसाईकलमा सवार रहेका दुबैजनाको साथबाट लागुऔषध डाईजापाम–५६ एम्पुल,फेनारगन–५३ एम्पुल, नोरफिन५३ एम्पुल र ट्रामानिल ६ सय ५० पिस बरामद गरिएको बाराका प्रहरी प्रबक्ता एवम् डिएसपी दधिराम न्यौपानेले जानकारी दिए। दुबै जनाविरुद्ध आवश्यक अनुसन्धान अघि बढाएको उनले बताए।

माघ २९, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्