खैरो हिरोइनसहित १९ वर्षीय युवक पक्राउ

जनकपुरधाम – सिरहा प्रहरीले खैरो हिरोइनसहित एक १९ वर्षीय युवकलाई पक्राउ गरेको छ। सोमबार दिउँसो करिब १ बजे मिर्चैया नगरपालिका २ मल्हनिया स्थित ईलाका प्रहरी कार्यालय मिर्चैयाबाट खटिएको प्रहरी टोलीले स्थानीय विष्णुकुमार साहलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ।

गोप्य सूचनाको आधारमा खटेको प्रहरी टोलीले साहलाई शंकाको आधारमा चेकजाँच गर्दा उनको साथबाट लागुऔषध खैरो हिरोईन प्लाष्टिक सहित गिलो अवस्थामा रहेको ४.४३ ग्राम बरामद गरेको प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक रबिन्द्रराज पाण्डेले जानकारी दिए।

प्रहरीले यस्त साहको साथबाट ४ हजार ९ सय रुपैयाँ, डिजिटल तराजु १ थान र ऐन्डरोईड मोवाईल बरामद गरेको छ। यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ।

माघ २९, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्