गठबन्धनको राजनीतिले भ्रष्टाचार बढायोः जितेन्द्र देव

फाइल फोटो।

काठमाडौँ – नेपाली कांग्रेसका राष्ट्रिय सभा सांसद जितेन्द्रनारायण देवले गठबन्धनले भ्रष्टाचार बढाएको बताएका छन्।

सोमबार बसेको राष्ट्रिय सभाको बैठकमा बोल्दै उनले गठबन्धनको राजनीति देशका लागि राम्रो नभएको बताए। उनले एउटा नेताले काम गर्न खोज्दा अर्कोले खुट्टा तान्ने काम गरेको बताए।

उनले प्रत्यक्ष कार्यकारी निर्वाचनमा जानुपर्नेमा जोड दिए। उनले आजको राष्ट्रिय परिस्थिति चुनौतीपूर्ण रहेको बताए। उनले व्यवस्थामाथि नै प्रश्न खडा भइरहेको भन्दै सबै राजनीतिक दलहरुले यसमा सोच्न जरुरी रहेको उल्लेख गरे।

उनले भने,‘गठबन्धनको राजनीति, अहिलेको गठबन्धनलाई मात्रै म भन्दिनँ। गठबन्धनले भ्रष्टार बढायो। एउटा नेताले काम गर्न खोज्छ, अर्को नेताले खुट्टा तान्छ। त्यसकारण कार्यकारी प्रत्यक्ष निर्वाचन गर्ने गरी संविधानमा संशोधन गर्ने हो कि? जो आउँछ ५ वर्ष काम गर्छ, काम गरेन भने जनताले नै सजाय दिन्छन्।’

माघ २९, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्