वैदेशिक रोजगारीमा जानेहरूका लागि श्रम स्वीकृति सेवा विराटनगरबाटै सुरु

मोरङ – वैदेशिक रोजगारीमा जानेहरूका लागि व्यक्तिगत श्रम स्वीकृति तथा पुनः श्रम स्वीकृति सेवा विराटनगर महानगरबाट सुरु भएको छ।

महानगर उपमेयर शिल्पा निराला कार्कीले सोमबार सेवा सुरु गर्दै महानगर २ का नरेश राय अमातलाई श्रम स्वीकृतिको पत्र प्रदान गरेकी थिइन्।

स्थानीय तहबाट श्रम स्वीकृति सुरु भएसँगै वैदेशिक रोजगारीमा जानेहरूका लागि सहजता हुने विश्वास लिएको उपमेयर कार्कीले बताइन्।

उपमेयर कार्कीले २०७९ चैत १६ गतेको नेपाल सरकारको मन्त्रीस्तरीय निर्णयअनुसार स्थानीय तहको रोजगार शाखाबाट सेवा प्रवाह गर्ने कार्य सुरु गरिएको उपमेयर कार्कीले बताए।

वैदेशिक रोजगार ऐन २०७४ तथा वैदेशिक रोजगार नियमावली २०६४ मा भएको व्यवस्थाअनुसार वैदेशिक रोजगारीमा जाने नेपाली नागरिकले अनिवार्य श्रम स्वीकृति लिनुपर्ने व्यवस्था छ।

वैदेशिक रोजगारीलाई थप व्यवस्थित, सुरक्षित, मर्यादित र भरपर्दो तथा सहज बनाउन नेपाल सरकारले स्थानीय तहबाटै श्रम स्वीकृति दिने निर्णय गत वर्ष गरेको थियो।

सोही निर्णयअनुसार विराटनगर महानगरपालिकाबाट व्यक्तिगत श्रम स्वीकृति तथा पुनः श्रम स्वीकृति सेवा सुरु गरिएको महानगरको रोजगार शाखाका इन्जिनियर कपिल थापाले बताए।

माघ २९, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्