अन्तर्राष्ट्रिय कन्डम दिवसको अवसरमा बुटवलमा ओपन म्युजिकल कन्सर्ट हुने

बुटवल- अन्तर्राष्ट्रिय कन्डम दिवसको अवसरमा मंगलबार बुटवलको मुटु मानिने ट्राफिक चोकमा म्युजिक कन्सर्ट हुने भएको छ।

स्थानीय सत्य साई कला केन्द्रका कलाकारहरूको सांस्कृतिक प्रस्तुतिसहित कार्यक्रम हुन लागेकाे हाे। कालीप्रसाद बास्कोटाको विशेष म्युजिक कन्सर्ट हुने पनि बताइएकाे छ।

एड्स हेल्थ केयर फाउन्डेसनको आर्थिक सहयोगमा विश्वका ४० देशमा एकै दिन हुने म्युजिक कन्सर्टमध्ये नेपालमा विगत लामो समय देखि लागुपदार्थ प्रयोगकर्ताहरूको हक हित र अधिकारका लागि काम क्रियाशीलता आस्था समूह बुटवल आस्था समूह बुटवल र स्वाम्य निर्देशनालय राप्ती दाङको आयोजना गर्न लागेको हो।

असुरक्षित शारीरिक सम्बन्ध राख्ने कारण युवाहरूमा एचआइभी सङ्क्रमण बढेकाले कन्डमको प्रयोग गर्ने बानी विकास गर्न सांगीतिक कार्यक्रममार्फत् जनचेतना फैलाउन लागिएको आयोजकले जानकारी दिए।

सांगीतिक कार्यक्रममार्फत युवाहरूलाई कन्डमबारे जनचेतना अभिवृद्धि गर्दै एचआइभी एड्स, हेपाटाइटिस जस्ता सङ्क्रमण हुन नदिने उद्देश्यका साथ यो वर्ष बुटवलमा ओपन कन्सर्ट गर्न लागिएको आयोजकले जानकारी दिए।

एएचएफ नेपालको आर्थिक सहयोग र राष्ट्रिय एचआइभी एड्स महासंघ नेपाल (एनएपिएन) को राष्ट्रिय सञ्जालअन्तर्गत उक्त म्युजिक कन्सर्ट देशका विभिन्न स्थानमा हुँदै आएको छ। जसअनुसार यो पटक बुटवलमा हुन लागेको हो।

आस्था समूह बुटवल र स्वाम्य निर्देशनालय राप्ती दाङको आयोजना तथा एड्स हेल्थ केयर फाउन्डेसनको सहयोगमा ट्राफिक चाेकमा आज दिउँसो ३ बजेदेखि वपन कन्सर्ट हुन लागेको हो।

उक्त कार्यक्रममा साहरी कदम नेपालको संयोजकत्वमा लैंगिक तथा यौनिक अल्पसङ्ख्यक समुदायको फेस परेड कार्यक्रमसमेत आयोजना गरिने भएकाे छ।

एएचएफ नेपालका राधेश्याम श्रेष्ठका अनुसार यो संस्था ४५ वटा देशका फैलिएको छ। नेपालको सात वटा प्रदेशमा एचआइभी र एड्सको क्षेत्रमा काम गर्दै आएको छ। एएचएफ नेपालले सन् २०११ बाट कन्डम दिवस मनाउन थालेको छ।

फाल्गुन १, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्