यस्ताे छ आजकाे विदेशी मुद्राको विनियमदर

काठमाडौं- नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनियमदर सार्वजनिक गरेको छ।

राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर १ को खरिददर १३२ रुपैयाँ ५१ पैसा र बिक्रीदर १३३ रुपैयाँ ११ पैसा निर्धारण भएको छ।

युरो १ को खरिदर १४२ रुपैयाँ ७१ पैसा र बिक्रीदर १४३ रुपैयाँ ३६ पैसा निर्धारण हुँदा बेलायती पाउन्ड १ को खरिददर १६७ रुपैयाँ १९ पैसा र बिक्रीदर १६७ रुपैयाँ ९५ पैसा निर्धारण भएको छ।

त्यसैगरी, बहराइन दिनार १ को खरिददर ३५१ रुपैयाँ ५१ पैसा र बिक्रीदर ३५३ रुपैयाँ १० पैसा निर्धारण हुँदा अस्ट्रेलियन डलर १ को खरिददर ८६ रुपैयाँ ४० पैसा र बिक्रीदर ८६ रुपैयाँ ७९ पैसा निर्धारण भएको छ।

कुन देशकाे कति?:

फाल्गुन १, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्