वीरगञ्जमा वेवारिसे अवस्थामा महिलाको शव फेला

सांकेतिक तस्बिर।

वीरगञ्ज- वीरगञ्जमा वेवारिसे अवस्थामा महिलाको शव फेला परेको छ। वीरगञ्ज महानगरपालिका वडा नं.१७ अलौस्थित हुलाकी राजमार्गको छेउमा रहेको पोखरीमा महिलाको शव फेला परेको हाे।

करिब ५५ वर्षकी महिलाको शवको हालसम्म नामथर खुल्न नसकेको प्रहरीले जनाएको छ।

मृतकको शव नियन्त्रणमा लिइ नारायणी अस्पताल, वीरगञ्जको शव गृहमा राखी थप अनुसन्धान कार्य भइरहेको पर्साका प्रहरी प्रवक्ता एवम् डिएसपी कुमार बिक्रम थापाले जानकारी दिए।

थापाले महिला हराएकाे भए जिल्ला प्रहरी कार्यालयमा सम्पर्क गर्न पनि अनुराेध गरेका छन्।

फाल्गुन १, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्