आइपिपी प्रमुख जहांगीर तरिनले गरे राजनीतिबाट सन्यासको घोषणा

फाइल तस्बिर।

इस्ताम-ए-पाकिस्तान पार्टी (आइपिपी)का प्रमुख जहांगीर तरिनले निर्वाचनमा पराजयपछि पार्टी अध्यक्ष पदबाट राजीनामा दिने घाेषणा गरेका छन्।

जहांगीर तरिनले सामाजिक सञ्जाल एक्स(पुरानाे ट्वीटर) मार्फत यस्ताे जानकारी दिएका हुन्। उनले आफ्ना प्रतिद्वन्द्वी उम्मेदवारलाई सफलताको शुभकामना पनि दिएका छन्। सामान्य नागरिक भएर देशको सेवा गरिरहने पनि उनले बताए।

यसअघि उनी पाकिस्तान तेहरीक-ए-इन्साफसँग सम्बद्ध थिए र पूर्वप्रधानमन्त्री इमरान खानका नजिकका सहयोगीहरूमा गनिन्थे।

आइपिपी नेता अलीम खानले जहाँगीर खान तरीनको निर्णयबाट आफू निकै दुखी भएको बताएका छन्।

सन् २००२ मा आफ्नो राजनीतिक करिअर सुरु गरेका तरीन २०११ मा पिटीआइमा सामेल भएका थिए र पार्टीको महासचिव बनेका थिए। २०१७ पछि भने उनी पार्टीबाट अलग भए।

फाल्गुन १, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्