छोरीलक्षित हानिकारक विरुद्धको ‘राष्ट्रिय बेटी सम्मेलन’ सम्पन्न

काठमाडौं- छैंठौ राष्ट्रिय बेटी सम्मेलन- २०८० कर्णाली प्रदेशको सुर्खेतस्थित वीरेन्द्रनगरमा सम्पन्न भएको छ।

मूलधार महिला सेवा केन्द्र (मासबेस उदयपुर) द्वारा वीरेन्द्रनगर सुर्खेतमा आयोजित ‘छैटौं ऐतिहासिक राष्ट्रिय बेटी सम्मेलन’लाई सम्बोधन गर्दै मुख्यमन्त्री शर्माले केन्द्रले राष्ट्रियस्तरको ‘बेटी सम्मेलन’ कर्णालीमा गर्नुले महिला आन्दोलनमा सहयोग पुगेको बताए।

कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री राजकुमार शर्माले व्यवस्था बदलिएसँगै सिंहदरबारको पर्खालभित्र हुने काम गाउँमा पुगेको बताए।

‘हिजोको आन्दोलनमा महिलाहरुको भूमिका धेरै रहेको थियो,’ उनले भने, ‘अब आम जनतामा जागरण पैदा गर्न आवश्यक छ, जहाँ महिलाहरूले पनि विभिन्न आन्दोलनको नेतृत्व गरिरहेका छन्।’

दश वर्षे सशस्त्र संघर्ष र वि.सं. २०६१/०६२ को जनआन्दोलनपछि मुलुकमा ठूलो परिवर्तन आएको बताउँदै मुख्यमन्त्री शर्माले उत्पीडित जाति, वर्ग र धर्मका मान्छेहरूले मुक्ति नपाउँदासम्म आन्दोलन जारी रहने यसका लागि आफूले पनि सक्दो सहयोग गर्ने बताए।

त्यसैगरी, प्रमुख अतिथि कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री खड्ग पोखरेल थिए।

कर्णालीको समाजले महिलाहरूलाई हेर्ने दृष्टिकोर्ण बदल्न बेटी सम्मेलन सान्दर्भीक रहेको बताए।

उनले भने, ‘महिलामाथि हुने विभेद अन्त्य गर्नका लागि बेटी सम्मेलनले अहम भूमिका खेल्ने छ।’

कार्यक्रममा महिला माथिको विभेद र हिंसा कर्णालीका पनि व्याप्त रहेको छ। दिगो विकास र लक्ष्य ५ पुरा गर्ने प्रतिबद्धता सबै निर्णायक तहमा महिलाहरूको अर्थपूर्ण सहभागिता भन्ने नाराको साथ सम्मेलन गरिएको थियो।

कर्णालीमा घरेलु हिंसा, भ्रुण हत्या, बलात्कार, बालविवाह, बोक्सी प्रथा, छाउपडी प्रथा, देउकी प्रथा लगायतका महिला हिंसाका थुप्रै कु-संस्कार, कु-प्रथाको अवस्थाको बारेमा अन्तरक्रिया चलेको थियो।

अभियानकी संयोजक नजबुल खानले आसनमा महिला, भाषणमा महिला, शासनमा महिलाको सहभागिताको लागि आभाशा अभियान सुरुवात गरिएको बताइन्।

महिला अधिकारको विषय लामो समयदेखि बहसमा रहे पनि महिला सहभागितामा नेपालका राजनीतिक दलहरू चुकेको ठहर सम्मेलनले गरेको छ।

उपप्रध्यापक डाक्टर लक्ष्मी जोशीले राष्ट्रियस्तरको बेटी सम्मेलनले अहिलेसम्म जकडिएको पितृसतात्मक सोचलाई चिर्नु आवश्यक रहेको बताइन्।

सम्मेलनमा कर्णाली प्रदेशका दशै जिल्लाबाट प्रतिनिधिमूलक सहभागिताका साथ आनन्द सरु, सीमा खान, भारतका नमाज फरहिन अनतरा लगायतको उपस्थिति थियो।

१७ बुँदे कर्णाली घोषणापत्र जारी गर्दै छोरी लक्षित हानिकारक विरुद्धको राष्ट्रिय सम्मेलन फागुन २७ देखि २९ गते चलेको थियो ।

फाल्गुन १, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्