रुविनाको शतकमा माल्दिभ्सलाई नेपालको २ सय २८ रनको लक्ष्य

काठमाडौं- एसिसी महिला प्रिमियर कपअन्तर्गत समूहको अन्तिम खेलमा नेपालले माल्दिभ्सलाई २ सय २८ रनको विशाल लक्ष्य दिएको छ।

टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर २ सय २७ रन बनाएको हो।

नेपालको लागि रुविना क्षेत्रीले ५९ बलमा १ सय १८ रनको सानदार शतकीय इनिङ खेलेपछि नेपालले माल्दिभ्सलाई अहिलेसम्मकै उच्च स्कोरको लक्ष्य दिएको हो।

उच्च स्कोर बनाउने क्रममा रुविनाले आफ्नो इनिङमा १० चौका र ५ छक्का प्रहार गरेकी थिइन्।

त्यस्तै, पूजा महतो ५९ रनमा अविजित रहिन। उनले ३६ बलमा ५ चौका र १ छक्का प्रहार गरिन्।

किविता कुंवरले १३ रन बनाउँदा सिता राना मगरले १५ रन बनाएकी थिइन्।

फाल्गुन १, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्