जनयुद्धमा सहभागी नेता–कार्यकर्ता एक होऔँः दाहाल

काठमाडौँ – नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहालले जनयुद्धमा सहभागी नेता कार्यकर्ताहरु एउटै केन्द्रमा एकताबद्ध हुनुको विकल्प नरहेको बताएका छन्।

मंगलबारबाट काठमाडौँमा सुरु भएको पार्टीको विधान अधिवेशनलाई सम्बोधन गर्दै उनले अब ढिलो नगरी एउटै मोर्चा र केन्द्रमा एकताबद्ध हुनुपर्ने बताएका हुन्।

उनले सच्चा कम्युनिष्टहरु एकताबद्ध हुन जति ढिलो हुन्छ, त्यति नै धेरै अहिलेको राजनीति परिवर्तनमा घाटा हुने उल्लेख गरे। उनले आफूबाट भएका कमी, कमजोरीलाई आत्मालोचना र समीक्षा गरेर अघि बढ्न जरुरी रहेको बताए।

उनले कम्युनिष्टहरुले आँट गर्दा र एक हुँदा समाजवादी क्रान्तिको नयाँ लहर श्रृष्टि गर्न सकिने जिकिर गरे। उनले क्रान्ति र क्रान्तिकारी परिवर्तनलाई अपमानित गर्नेहरुको प्रतिवाद गर्न आवश्यक रहेको बताए। अध्यक्ष दाहालले सामाजिक रुपान्तरण र क्रान्तिका निम्ति बलिदान गर्ने योद्धाहरुलाई अपमान गर्ने छुट कसैलाई नरहेको बताए।

फाल्गुन १, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्