नाइजेरियामा ३०७ जना अपहरणकारी पक्राउ

अबुजा – नाइजेरियाली प्रहरीले राजधानी अबुजाका विभिन्न ठाउँमा गरेको पछिल्लो छापामार कारबाहीका क्रममा ३०७ जना संदिग्ध अपहरणकारीलाई पक्राउ गरेको छ।

संघीय राजधानी क्षेत्रका प्रहरी प्रमुख बेनेथ इग्वेहले पत्रकार सम्मेलनमा दिएको जनाकारीअनुसार खोजतलास अबुजाको देई–देई–जुबा अक्षको क्षेत्र गिदान डाम्बेमा गरिएको थियो। त्यस क्षेत्रमा छिमेकी नाइजरबाट शंकास्पद रूपमा अपहरणकारीहरूको बसोबास रहेको बताइएको छ।

‘त्यस क्षेत्रमा छापा मार्दा २९३ पुरुष र १४ महिला संदिग्ध अपरहणकारीहरूलाई पक्राउ गरिएको छ,’ इग्वेहले बताए।

संदिग्धहरूबाट हातहतियार र अन्य खरखजाना बरामद भएको बताइएको छ। प्रहरीले छापा मार्दा उनीहरूको साथबाट अवैध लागुऔषध तथा आपराधिक कार्यमा प्रयोग हुने मोटरसाइकलसमेत फेला परेको छ। संदिग्ध व्यक्तिहरूमाथि अनुसन्धान भइरहेको बताइएको छ। रासस-सिन्ह्वा

फाल्गुन १, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्