पर्यटन प्रबर्द्धनमा योगदान पुऱ्याउने व्यक्ति तथा संस्थालाई टुरिजम हिरो अवार्डस् प्रदान गरिने

काठमाडौँ– नेपालको पर्यटन प्रबर्द्धनमा योगदान पुऱ्याउने व्यक्ति तथा संस्थाहरुलाई ‘टुरिजम हिरो अवार्डस् २०२४’प्रदान गरिने भएको छ।

नेपालमै पहिलो पटक ग्लोबल टुरिजम प्रोमोसन काउन्सिलले टुरिजम हिरो अवार्डस् २०२४ आयोजना गर्न लागेको हो। काठमाडौँमा मंगलबार एक कार्यक्रम गरी काउन्सिलले विभिन्न ३१ विधामा अवार्डस् प्रदान गरिने जनाएको छ।

ग्लोबल टुरिजम प्रोमोसन काउन्सिलका अध्यक्ष धर्मेन्द्र सापकोटा।

अन्तर्राष्ट्रिय रुपमा ख्यातिप्राप्त गरेका व्यक्ति तथा बिभिन्न देशका पर्यटन मन्त्रीलाई विजेता घोषणा कार्यक्रममा ल्याउने काउन्सिलका अध्यक्ष धर्मेन्द्र सापकोटाले बताए।

विजेताहरुलाई आउँदो चेत ६ गते अर्थात (मार्च १९) मा काठमाडौँमा एक समारोह गर्दै यस अवार्डस् अवार्ड ट्रफी हस्तान्तरण गरिनेछ।

होटल तर्फका १४ र पर्यटनका अन्य १७ विधा गरी कुल ३१ विधामा अवार्ड प्रदान गरिने छ। अवार्डमा विभिन्न विधामा गरेर ५०० भन्दा बढीले प्रतिस्पर्धा गर्ने अनुमान गरिएको सापकोटाले बताए।

टुरिजम हिरो अवार्डस् २०२४, को, आधिकारिक वेबसाइट टुरिजम हिरो डट ओआरजीमा गएर जोकोहीले आँफैंले आफ्नो लागि वा अरूको लागि समेत, विस्तृत विवरण भरी नोमिनेसन फाइल गर्न सक्नेछन्। अवार्डको नोमिनेस मंगलबार बाट खुल्ला गरिएको छ।

यसरी प्राप्त नोमिनेसनहरु मध्येबाट पूर्ण र आधिकारिक विवरणहरू भरिएका नोमिनेसनहरुलाई सर्टलिस्ट गरी भोटिङ सुरु हुने छ। भोटिङका लागि आवश्यक लिङ्क नोमिनेसन भर्ने अधिकारिक व्यक्ति तथा सर्वसाधारणलाई उपलब्ध गराई भोटिङ सुरु हुने काउन्सिलले जनाएको छ।

प्राप्त भोटलाई आधार मान्दै जुरी टिमको निर्णयले आउदो मार्च १९ अर्थात चैत ६ गते विजेता घोषणा गर्नै छ। यो सम्पूर्ण प्रकृया वेबमा र निःशुल्क हुनेछ।

यस अवार्डको भोटिङ्लाई पारदर्शी राख्न तथ्याङ्क पब्लिक डोमेनमा उपलब्ध गराईनेछ र विवाद रहित अवार्डको परिकल्पना गरिएको कार्यक्रम संयोजकले जनाएको छ।

काउन्सिलले नेपालको पर्यटन क्षेत्रका विविध आयामहरूमा आफूलाई सहभागी गराई पर्यटन प्रबर्धनमा योगदान पुऱ्याउँदै आएको छ।

अवार्डमा समावेश विधाहरू
१.बेस्ट ट्राभल एजेन्सी अफ द इअर
२.बेस्ट ट्राभल एजेन्सी अफ द इअर– होलिडे
३.बेस्ट ट्राभल एजेन्सी अफ द इअर– इनबाउन्ड
४.बेस्ट टेक्नोलोजी फर ट्राभल एन्ड टुरिजम
५. सीईओ अफ द इअर– हस्पिटालिटी
६.सीईओ अफ द इअर– ट्राभल
७.बेस्ट टुरिजम स्टार्टअफ अफ द इअर
८.टुरिजम पर्सनालिटी अफ द इअर– जर्नालिस्ट
९. टुरिजम पर्सनालिटी अफ द इअर– अन्टरप्रेन्युअर अर
१०. टुरिजम पर्सनालिटी अफ द इअर– एनआरएन
११.टुरिजम पर्सनालिटी अफ द इअर– वुमन अन्टरप्रेन्युअर
१२.टुरिजम पर्सनालिटी अफ द इअर– ब्रान्डिङ एन्ड मार्केटिङ
१३.मस्ट आइकोनिक इन्फ्रास्ट्रक्चर
१४. म्युनिसिपालिटी अफ द इअर
१५.रुलर म्युनिसिपालिटी अफ द इअर
१६. मेयर अफ द इअर
१७. टुरिजम हिरो– २०२४

होटेलतर्फ
१.बेस्ट होटेल अफ द इअर– फाईभ स्टार
२.बेस्ट होटेल अफ द इअर– फोर स्टार
३.बेस्ट होटेल अफ द इअर थ्री स्टार
४.बेस्ट रिसोर्ट अफ द इअर
५.बेस्ट बुटिक होटेल अफ द इअर
६.बेस्ट होटेल– टुरिस्ट स्टान्डर्ड नन् स्टार
७. बेस्ट चेन होटेल अफ द इअर– नेसनल
८.बेस्ट होटेल अफ द इअर– डिजाइन एन्ड इन्फ्रास्ट्रक्चर
९.बेस्ट होटेल अफ द इअर इको फ्रेन्डली
१०.बेस्ट रेष्टुराँ अफ द इअर
११.बेस्ट चेन रेस्टुराँ अफ द इअर– नेसनल
१२.बेस्ट सेफ अफ द इअर– नेपाली
१३.बेस्ट सेफ अफ द इअर– इन्टरनेसनल
१४.बेस्ट क्यासिनो अफ द इअर

फाल्गुन १, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्