मधेसवादमाथि संकटको बादल लाग्यो, जागरण अभियान आवश्यक छः राजेन्द्र महतो

काठमाडौँ – लोकतान्त्रिक समाजवादी पार्टीका वरिष्ठ नेता राजेन्द्र महतोले मधेसवादमाथि संकटको बादल लागेको बताएका छन्।

मंगलबार जनकपुरधाममा आफू्निकट नेता, कार्यकर्ताहरुसँग छलफल कार्यक्रम गर्दै वरिष्ठ नेता महतोले मधेसवादमाथि संकटको बादल लागेको बताएका हुन्। उनले मधेसवादमाथि संकट लागेको अवस्थामा जागरण अभियानको आवश्यकता रहेको बताए।

उनले मधेसले पाएको अधिकार खोस्ने तयारी भइरहेको भन्दै त्यसको प्रतिकारका लागि उत्पीडनमा परेका सबै जागरण अभियानमा लाग्नुपर्ने बताए। जागरण अभियान नचलाएमा आगामी निर्वाचनमा मधेसवादको नाममा कसैले नपत्याउने उनको भनाइ थियो।

उनले आगामी निर्वाचनमा मधेसवादी दलहरुले जित्ने सम्भावना नरहेको भन्दै अहिलेदेखि नै जनतालाई जागृत गराउनुपर्ने उल्लेख गरे। नेता महतोले मधेसवादको रक्षाका लागि नयाँ शक्ति निर्माणको आवश्यकता रहेकोमा जोड दिए।

फाल्गुन १, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्