जेलमा रहेका थाइल्याण्डका पूर्वप्रधानमन्त्री थाक्सिन सिनावात्रा रिहा हुने

थाइल्याण्डका पूर्वप्रधानमन्त्री थाक्सिन सिनावात्रालाई चाँडै रिहा गरिने न्यायमन्त्री तावी सोडसोङले मंगलबार बताएका छन्।

तावीले मन्त्रिपरिषद्को बैठकमा भाग लिनुअघि पत्रकारहरूलाई थाक्सिन यस महिना प्यारोलका लागि स्वीकृत भएका ९३० कैदीहरूमध्ये एक रहेको बताए।

उनी ७० वर्षभन्दा माथिको उमेर र गम्भीर बिरामी भएको कारण प्यारोलको लागि योग्य रहेको बताइएको छ। कम्तिमा ६ महिनाको सजाय काटिसकेपछि थाक्सिन फेब्रुअरी १७ मा रिहा हुने अपेक्षा गरिएको छ।

तहसिनले आफ्नो १५ वर्षभन्दा बढीको निर्वासन समाप्त गरी गत वर्ष अगस्टमा थाइल्याण्ड फर्किएका थिए। विभिन्न आरोपमा आठ वर्षको जेल सजाय सुनाइएको थियो।

गत सेप्टेम्बरमा थाई राजा महा वजिरालोङ्कोर्नले शाही माफीको लागि अनुरोध गरेपछि थाक्सिनको जेल सजाय एक वर्षमा घटाइएको थियो। थाक्सिनले सन् २००१ देखि २००६ सम्म थाइल्याण्डको प्रधानमन्त्रीको रुपमा काम गरेका थिए।

फाल्गुन १, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्