सूर्यदर्शन सहकारीका पीडितले भेटे प्रधानमन्त्रीलाई, जिबी राईलाई समात्ने आश्वासन

सूर्यदर्शन सहकारीका पीडितले भेटे प्रधानमन्त्रीलाई, जिबी राईलाई समात्ने आश्वासन
+
-

पोखरा – पोखराका सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाका पीडितले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेका छन्।

आइतबार पोेखरा उद्योग वाणिज्य संघको अमृत कक्षमा भएको दयाशंकर पालिखे स्मृति पत्रकारिता पुरस्कार वितरण गरेर फर्कने क्रममा सहकारीका पीडितले भेटेका हुन्। सूर्यदर्शन सहकारी हिनामिना प्रकरणमा उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेमाथि पनि प्रहरीले अनुसन्धान गरिरहेको थियो।

आफूहरुको बचत रकम फिर्ता गराइदिन माग राख्दै पीडितले प्रधानमन्त्री दाहाललाई ज्ञापनपत्रसमेत बुझाएका छन्।

सूर्यदर्शन सहकारीमा बचतकर्ताको रकम कुम्लाएर फरार जीवी राईलगायतलाई पक्राउ गरी समस्या समाधान गरिदिन आग्रह गरेको पीडित संघर्ष समितिका संयोजक किरण श्रेष्ठले जानकारी दिए। उनका अनुसार प्रधानमन्त्रीले पीडितलाई न्याय दिलाउने आश्वासन दिएका छन्।

‘सहकारीको विषयलाई लिएर प्रधानमन्त्रीसँग कुराकानी भयो। सूर्यदर्शन सहकारीका प्रमुख जीवी राईलाई तुरुन्त पक्राउ गरी जहाँकहीँ भए पनि ल्याएर हाम्रो बचतकर्ताको समस्या समाधान गरिदिनुपर्‍यो भनेर निवदेन गर्‍यौँ’, श्रेष्ठले भने, ‘उहाँले हुन्छ जसरी भए पनि जीवी राईलाई समातेर ल्याएर पीडितको पीडा समाधान गर्ने प्रयास गर्छौं भनेर प्रतिबद्धता जाहेर गर्नुभयो।’

प्रधानमन्त्री दाहालले नीति निर्माण गरेर भए पनि सहकारीको समस्या समाधानमा लाग्ने सुनाएका छन्।

सहकारीका बचत पीडितकर्ताले यो विषयलाई लिएर माघ ९ गते पूर्वप्रधानमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई ज्ञापनपत्र बुझाएका थिए। यस्तै, माघ १२ गते गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई पनि पीडित बचत फिर्ताको माग राख्दै समस्या सुनाए। उनीहरुले पनि समस्या समाधान गर्ने वचन दिएका थिए।

ग्यालेक्सी फोरके टेलिभिजनका सञ्चालकसमेत रहेका गितेन्द्रबाबु (जीबी) राईको समूहले खोलेको सूर्यदर्शन सहकारीले पोखरेली बचतकर्ताको झन्डै डेढ अर्ब रकम हिनामिना गर्दै बचतकर्ताको बिचल्ली पारेको छ।

पोखरा महानगरपालिकाले गरेको अध्ययनमा सूर्यदर्शन सहकारीले १ अर्ब ३५ करोड ५३ लाख ८२ हजार रुपैयाँ हिनामिना गरेको खुलेको छ। १ हजार ३५ जना बचतकर्ताले १ अर्ब ११ करोड रुपैयाँ दाबी गर्दै जिल्ला प्रहरी कार्यालय कास्कीमा उजुरी दिएका छन्।

सहकारीका सञ्चालक गितेन्द्रबाबु राई (जीबी) सहित १९ जनाविरुद्ध प्रहरीले पक्राउ पुर्जी जारी गरे पनि हालसम्म ५ जना मात्रै पक्राउ परेका छन्।

पीडित बचतकर्ताले माघ २२ गते राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहेका गृहमन्त्री रवि लामिाछानेसहित १८ व्यक्ति र कम्पनिविरुद्ध पूरक जाहेरी दिएका थिए।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?