इलाम – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा गृहमन्त्री रवि लामिछानेले नेपाली कांग्रेसले तीन दशकभन्दा बढी समय देश र जनतालाई ठगेको आरोप लगाएका छन्।
सहकारीको पैसा खाएको आरोप लागिरहँदा उनले नेपाली कांग्रेसले नै देशलाई तीन दशकभन्दा बढी समय ठगेको आरोप लगाए। इलामको माइ नगरपालिकाको कपुरचौरमा आयोजित चुनावी आमसभालाई सम्बोधन गर्दै उपप्रधानमन्त्रीसमेत रहेका लामिछानेले आफूले राम्रा काम गर्दा पनि विरोधीहरूले गाली मात्र गरेको बताए।
उनले भने, ‘मलाई त गाली खान बानी परिसकेको छ । गाली त अचेल मलाई मीठो लाग्न थालेको छ।’
गएको चुनावका बेला पनि आफूमाथि दुई अर्ब रुपैयाँ ठगेको आरोप लगाइएको उनले बताए। अहिले पनि सहकारीको दुई करोड रुपैयाँ ठगेको आरोप लागेको उनले बताए
लामिछानेले भने, ‘पत्याँला जस्तो गरेर भन्नले भन्दिन्छन्। जसले तीस/तीस वर्ष देशको ढुकुटी ठग्यो, अस्पताल ठग्यो, शिक्षा ठग्यो, सबैकुरा ठग्यो उसैले तपाईंलाई भन्दिन्छ। अब विवेक भएका नेपाली जनताले आफैं विचार गरुन्।’
आफू कांग्रेसले राजीनामा माग्दैमा किन्चित नडराएको उनले बताए। नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाइ बेचेको आरोपमा जेल पर्दा पनि केन्द्रीय नेताबाट बर्खास्त गर्न नसक्ने कांग्रेसलाई मिथ्या आरोपमा आफूबाट राजीनामा माग्ने कुनै अधिकारी नभएको उनको भनाइ थियो।
उनले भने, ‘सांसदले बार्गेनिङ गरेको अडियो सार्वजनिक भएको ७२ घण्टा भित्र कारबाही गर्ने पार्टीको सभापति हुँ म, हेक्का रहोस्।’ उनले इलाम २ को विकासका आफ्नो पार्टीको उम्मेदवार मिलन लिम्बूलाई भोट दिन आग्रह गरे।

                                                                                                                    
                            
                            
                            
                            
                            
                            
भर्खरै
लोकप्रिय
                                        
                                        
                                        
                                        
                                        
                
                
                
                
                
                
                
                
                




















 





































































 







































 

































































