ओलम्पिकमा नेपाल: अन्तिम खेलमा पनि प्रिन्स सोझो सेटमा पराजित

ओलम्पिकमा नेपाल: अन्तिम खेलमा पनि प्रिन्स सोझो सेटमा पराजित
+
-

काठमाडौं- नेपालका प्रिन्स दाहाल पेरिस ओलम्पिकमा सबै तीन खेल गुमाउँदै प्रतियोगिताबाट बाहिरिएका छन्।

समूह ‘पी’ को आफ्नो तेस्रो खेलमा बुधबार प्रिन्स इजरायलका मिसा गिल्बरम्यानसँग २-० को सोझो सेटमा पराजित भए।

प्रिन्स गिल्बरम्यानलविरुद्ध ३६ मिनेट मिनेट कोर्टमा टिकेका थिए। पहिलो सेटमा प्रिन्स १२-२१ ले पराजित भए भने दोस्रो सेटमा १०-२१ ले गुमाए।

यसअघि डेनमार्कका भिक्टर एक्सेल्सन र आयरल्यान्डका नाट गुयेनकासँग पनि प्रिन्स सोझो सेटमा पराजित भएका थिए।

पेरिस ओलम्पिकमा सहभागी सात मध्ये ६ नेपाली खेलाडीको चुनौती समाप्त भइसकेको छ । यसअघि टेबलटेनिसका स्यान्टु श्रेष्ठ, सुटिङकी सुस्मिता नेपाल, पौडीका डुवाना लामा र एलेक्सजेन्डर शाह तथा जुडोकी मनिता श्रेष्ठ प्रधान ओलम्पिकबाट बाहिरिसकेका छन्। अब सन्तोषी श्रेष्ठले म्याराथनमा प्रतिस्पर्धा गर्न बाँकी छ।

विश्व वरीयतामा १ सय ७२ औं स्थानमा रहेका प्रिन्सको यो लगातार तेस्रो हार हो।

ओलम्पिकमा ब्याडमिन्टन नेपालका लागि ‘डेब्यु’ खेल हो। सन् १९६४ को टोकियो ओलम्पिकदेखि नेपालले ओलम्पिकमा भाग लिन सुरु गरेएता ब्याडमिन्टनमा पहिलोपटक सहभागिता जनाएको हो।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?