बैरागीले दिए सुरक्षा परिषदबाट राजीनामा

बैरागीले दिए सुरक्षा परिषदबाट राजीनामा
+
-

काठमाडौँ- राष्ट्रिय सुरक्षा परिषद्का सल्लाहकार शंकरदास बैरागीले पदबाट राजीनामा दिएका छन्।

उनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई केही दिनअघि नै राजीनामा बुझाएको र उनको राजीनामा स्वीकृत पनि भइसकेको स्रोतले बताएको छ।

भारतको राजदूत बनाउने आश्वासन सरकारको उपल्लो तहबाट पाएपछि उनले राजीनामा दिएको स्रोतले बताएको छ।  तर, मन्त्रिपरिषद्ले गरेको राजदूत सिफारिसमा उनको नाम समावेश भएको छैन।

सरकारले दुई दिनअघि १९ देशका लागि राजदूत सिफारिस गर्दा बैरागीको नाम परेको छैन। बैरागीले भने आफ्नो राजीनामामा व्यक्तिगत कारणले राजीनामा दिएको बताएका छन्।

परराष्ट्र सचिव हुँदै सरकारको मुख्यसचिव बनेका बैरागी तीन महिना पदावधि छँदै २०८० जेठ ३२ मा राष्ट्रिय सुरक्षा सल्लाहकारमा नियुक्त भएका थिए। सरकारले बैकुण्ठ अर्याललाई मुख्य सचिव बनाउन बैरागीलाई सुरक्षा परिषद्को विशेष सल्लाहकारका रुपमा नियुक्त गरिएको हो।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?