काठमाडौँ – सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले तीन प्रदेश प्रमुख नियुक्त गरेका छन्।
मन्त्रिपरिषदले सोमबार गरेको निर्णयअनुसार भएका प्रदेश प्रमुखलाई फिर्ता गरेर नयाँ नियुक्त गर्ने निर्णय गरेको थियो।
सरकारको सिफारिसमा बागमती प्रदेशको प्रमुखमा दीपक प्रसाद देवकोटा नियुक्त भएका छन्।
त्यस्तै लुम्बिनी प्रदेशका लागि कृष्णबहादुर घर्तीमगर र कर्णालीका लागि यज्ञराज जोशी प्रदेश प्रमुख नियुक्त भएको राष्ट्रपति कार्यालयका प्रवक्ता शैलेजा रेग्मी भट्टराईले जानकारी दिइन्।
सरकारले माओवादी र एकीकृत समाजवादीको सिफारिसमा नियुक्त भएका प्रदेश प्रमुखलाई फिर्ता गरेर नयाँलाई पठाएको हो।


भर्खरै
लोकप्रिय






































































































































































































